२०८३ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडिरहेको डा. कमल भूसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।

युवा संघका अनुसार भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न नेताहरूको घर जलाउने, घेरा हाल्ने र हिंसात्मक अभिव्यक्ति दिने पोस्ट गर्दै आएको हुँदा यसप्रति कडा कदम आवश्यक भएको छ।

आइतबार बसेको संघको बैठकले भूसाललाई कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिएका छन्। उनका अनुसार यदि प्रहरी वा सम्बन्धित निकायले आवश्यक कारबाही नगरे भने संघ स्वयं आवश्यक कदम उठाउने चेतावनी दिएको छ।

युवा संघका रुपन्देही इन्चार्ज केशव रोक्काले भने, “देशमा विखण्डनकारी र समाज भड्काउने अभिव्यक्ति दिने व्यक्तिहरू कानूनी दायराभित्र आउनैपर्छ।” प्रहरीले हाल भूसालका गतिविधि निगरानीमा राखेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय