२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरु भएको छ।

प्रधानमन्त्री सचिवालयका अनुसार आइतबार अपराह्न ४ बजे सुरु भएको बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह उपस्थित छन्।

सचिवालयले जनाएको छ, बैठकको मुख्य उद्देश्य संघ र प्रदेश सरकारबीचको संवाद र सहकार्यलाई थप सघन बनाउनु र परिवर्तित राजनीतिक तथा प्रशासनिक परिस्थितिमा समन्वयलाई मजबुत पार्नु रहेको छ।

बैठकमा आगामी नीति, योजना र साझा कार्यक्रमहरूमा समन्वय बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय