२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सुक्खा पहिरोका कारण आइतबार रातिदेखि अवरुद्ध बनेको पृथ्वीराजमार्ग पुनः सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–३ चुमखोलामा राति करिब ९ बजे ठूलो सुक्खा पहिरो खसेपछि राजमार्ग दुबै तर्फबाट बन्द भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक विभागको डोजर र अन्य उपकरण प्रयोग गरेर रातिदेखि नै पहिरो पन्छ्याउने कार्य गरिएको थियो। लामो प्रयासपछि मध्यराततिर सडक सफा भई सवारीसाधन आवागमन सुरु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार अहिले राजमार्गमा सवारीसाधनको चाप सामान्य अवस्थामा फर्किएको छ। यात्रुहरूलाई बिहानैदेखि सहज रुपमा गन्तव्यतर्फ जान सक्ने व्यवस्था मिलाइएको छ।

राजमार्गमा वर्षा नहुँदा समेत सुक्खा पहिरोको जोखिम बढिरहेकोले, प्रहरी प्रशासनले यात्रु र चालकहरूलाई सतर्क रहन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय