२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ अर्ब ७० करोड मूल्य बराबरका सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधन आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार यस वर्ष सवारीसाधनको आयात र राजस्व दुवैमा वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा ६ अर्ब १९ करोडका सवारीसाधन भित्रिएकोमा यो वर्षको तथ्यांक उल्लेख्य रूपमा उच्च रहेको उनले बताए।

तीन महिनामा मात्रै ३ अर्ब ४१ करोड मूल्यका २४ हजार ९३९ अनएसेम्बल मोटरसाइकल नेपाल आएका छन्। ती मोटरसाइकल आयातबाट तीन अर्ब २८ करोड राजस्व संकलन भएको छ। गत वर्षको सो अवधिमा दुई अर्ब ४९ करोड मूल्यका १९ हजार ४८९ मोटरसाइकल आयात भएका थिए।

यस अवधिमा ६२ करोड २४ लाख मूल्यका ३३० जीप, कार र भ्यान पनि भित्रिएका छन्। यी सवारीसाधन आयातबाट एक अर्ब ७५ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

सबैभन्दा उल्लेख्य वृद्धि भने विद्युतीय सवारीसाधनमा भएको छ। चालु आवको तीन महिनामा ६८ करोड मूल्यका २२९ वटा विद्युतीय जीप, कार र भ्यान नेपाल आएका छन्। ती सवारीसाधन आयातबाट ४५ करोड ७२ लाख राजस्व संकलन भएको हो।

गत आवको सोही अवधिमा १४ करोड ४९ लाख मूल्यका ९७ वटा विद्युतीय सवारीसाधन मात्र आयात भएका थिए। यो वर्ष आयात मूल्य र संख्यामा दुबैमा दोब्बरभन्दा बढी वृद्धि देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय