२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको महाधिवेशन विवाद अन्त्य गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नियमित प्रक्रियाबाटै निष्कर्षमा पुग्न निर्देशन दिएका छन्।

सिंगापुरमा उपचाररत देउवाले आइतबार टेलिफोनमार्फत खड्कासँग सम्पर्क गर्दै विशेष महाधिवेशनको माग कार्यान्वयन नगरी सहमतिपूर्ण बाटोमा पार्टीलाई अघि बढाउन आग्रह गरेका हुन्। उनले पार्टीभित्रको एकता जोगाउनका लागि विवादास्पद विकल्पभन्दा नियमित महाधिवेशनकै तयारी गर्नुपर्नेमा जोड दिएका छन्।

देउवाको निर्देशनपछि संस्थापन पक्षले स्थगित केन्द्रीय कार्यसमिति बैठक पुनः बोलाउने तयारी थालेको छ। सो बैठकमा नियमित महाधिवेशनको मिति र विधि टुंगोमा नआएपछि विवाद तीव्र बनेको थियो।

कार्यवाहक सभापति खड्काले देउवाको सन्देश अन्य नेताहरूसमक्ष राख्दै भने, “देउवाजीले विशेष महाधिवेशनले पार्टीमा तनाव ल्याउन सक्छ, त्यसैले सहमतिपूर्ण वातावरणमा नियमित महाधिवेशनको तयारी गर्न निर्देशन दिनुभएको छ।”

त्यस्तै, इतर समूहका नेताहरू डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने अडान दोहोर्‍याइरहेका छन्। तर, संस्थापन पक्षले भने वैशाख २५ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।

देउवा श्रीमती डा. आरजु राणा देउवासँग उपचारका लागि कात्तिक १० गते सिंगापुर पुगेका हुन्। केही महिनाअघि बुढानीलकण्ठस्थित निवासमा आक्रमणपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो।

सिंगापुरबाट आएको सभापति देउवाको निर्देशनले पार्टीभित्रको आन्तरिक तनाव कम गर्ने र सहमतिपूर्ण निष्कर्षमा पुग्ने सम्भावना देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय