२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र सम्मानजनक बनाउनुका साथै यसलाई निःशुल्क गर्ने दिशामा नीतिगत पहल आवश्यक रहेको बताएकी छन्।

वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सामाजिक सुरक्षा र परिवारमा सम्मानजनक एकीकरण सुनिश्चित गर्न बोर्डलाई निर्देशन दिइन्। उनले वैदेशिक रोजगारमा जानेहरूलाई दक्ष बनाइ आवश्यक सीप सिकाउनुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्रीले वैदेशिक रोजगारीबाट आर्जित पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्नेमा सरकारको नीति रहेको पनि जनाइन्। यसैगरी, वैदेशिक रोजगारीमा उत्पन्न हुने समस्याहरू समाधान गर्न बोर्डले सुरु गरेका ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन’ सेवा श्रमिक हितका दृष्टिले उपयोगी देखिएको उनले उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले अब वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सृजना गर्न, सीप आधारित उद्यम र पुनः एकीकरणका कार्यक्रम विस्तार गर्न प्राथमिकता दिनुपर्ने बताइन्। यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्ययोजना तयार पारेर तदनुरूप काम गर्न निर्देशन दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय