२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

१८ कात्तिक २०८२,

 सरकारको पछिल्लो निर्णयपछि संघीय संसद्का पदाधिकारीहरू सरकारसँग रुष्ट भएका छन् ।

सांसद्का स्वकीय सचिवको सुविधा कटौती गर्ने र संसद्का पदाधिकारीको सचिवालयको संख्या कम गर्ने सरकारको निर्णय छ ।

यो निर्णय लिँदा सरकारले आफूहरूसँग कुनै परामर्श नगरेको र यो निर्णयले संसद्को काम गर्ने क्षमतामा समेत असर पर्ने भनेर उनीहरू सरकारसँग रुष्ट भएका हुन् ।

सभामुख देवराज घिमिरे त सरकारको नियतमै प्रश्न गर्छन् ।

वर्तमान सरकारको लक्षण राम्रो नदेखिएको उल्लेख गर्दै उनी थप्छन्, ‘भलै यो सरकार आगामी फागुन २१ सम्मका लागि हो । स्वकीय सचिव  त्यसपछि अर्को सरकार आउला । अहिले गरेको निर्णयले पछि आउने सरकारलाई यस्तो गरेको रहेछ भनेर नकारात्मक प्रभाव पार्ने भयो । यसमा हाम्रो आपत्ति छ ।

सांसदहरूको स्वकीय सचिव कटौती भएकै विषयलाई लिएर उनले सरकारमाथि गम्भीर आरोपहरू लगाएका हुन् । उनी अझ थप्छन्, ‘यो सरकार संसद्को विरुद्धमा, सांसदहरूको विरुद्धमा अहिले पनि लागिराखेको छ ।

 

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय