२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

युवा तथा खेलकुद मन्त्रालयले अब आफ्ना सम्पूर्ण आर्थिक कारोबारलाई विद्युतीय माध्यमबाट गर्ने तयारी गरेको छ। मन्त्रालयका अनुसार एक महिनाभित्रै मन्त्रालय र मातहतका निकाय तथा खेल संघहरूको सम्पूर्ण कारोबार अनलाइन प्रणालीमार्फत सञ्चालन गरिनेछ।

मन्त्री बब्लु गुप्ताको नेतृत्वमा मन्त्रालयले तत्काल सुधार कार्ययोजना २०८२ लागू गर्दै सुधारका काम तीव्र रूपमा अघि बढाएको छ। उक्त योजनाअनुसार आर्थिक कारोबारमा पारदर्शिता र दक्षता ल्याउन डिजिटल प्रणालीको प्रयोग अनिवार्य बनाइनेछ।

युवा तथा खेलकुद मन्त्रालयले २० दिनभित्र स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेलाडीहरूको व्यक्तिगत तथा खेलकुदसम्बन्धी अभिलेख तयार गर्ने तयारी पनि गरेको छ। यसले खेल क्षेत्रमा नीति निर्माण र पुरस्कार वितरणमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

त्यससँगै मन्त्रालय र सम्बद्ध निकायका बैठकहरू अब सञ्चारमाध्यममार्फत प्रत्यक्ष प्रसारण गर्न थालिएको छ। मन्त्री गुप्ताले यो कदमले मन्त्रालयको कामकाज पारदर्शी र जनउत्तरदायी बनाउने विश्वास व्यक्त गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय