२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी |

काभ्रेको बेथानचोकका  युवा ऋषि थापाले  सामाजिक संजाल मार्फत मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेका लागि घोषणा गरिएको आन्दोलनमा मानिस लाउँन पैसा  दिने भनि फोन गरेको आरोप लगाएका छन्।

थापाका  अनुसार उनको गाउँका एक स्थानीय  भाईलाई  फोन गरेर प्रसाइले  “ स्वतन्त्र  नाममा हुने आन्दोलनमा” ४० जना युवाको व्यवस्था गर्न आग्रह गरेका थिए। उनका अनुसार आन्दोलनमा सहभागी हुनेहरूलाई काठमाडौंमा खाने, बस्ने खर्चदेखि सम्पूर्ण व्यवस्था प्रसाईंको पक्षबाट गरिने र आन्दोलनको समयमा ‘पुलिसजस्तै वाकी–टकी’ समेत दिने बताईएको  थियो।

Rishi Thapa Post

“प्रसाईंले  पैसा बाँडेर मानिस जम्मा गर्ने र तिनैलाई प्रयोग गरेर आफूलाई सत्ता नजिक पुर्‍याउने सोचमा छन्।” उनले युवाहरूलाई त्यस्ता लोभ–लालचमा नफस्न आग्रह गर्दै काभ्रेका युवाहरू पैसामा बिक्ने हैसियतका छैनन् भन्ने चेतावनी दिदै आफ्नो सामाजिक संजालमा लेखेका छन् ।

उनले आन्दोलनमा सहभागी हुनका लागि फोन र प्रस्ताव गर्ने व्यक्तिहरूको नाम चाँडै सम्बन्धित निकायमा बुझाउने बताएका छन्।

कार्तिक १६ गते पोस्ट गरिएको उक्त पोस्टको सम्बन्धमा प्रसाईले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय