काभ्रेको बेथानचोकका युवा ऋषि थापाले सामाजिक संजाल मार्फत मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेका लागि घोषणा गरिएको आन्दोलनमा मानिस लाउँन पैसा दिने भनि फोन गरेको आरोप लगाएका छन्।
थापाका अनुसार उनको गाउँका एक स्थानीय भाईलाई फोन गरेर प्रसाइले “ स्वतन्त्र नाममा हुने आन्दोलनमा” ४० जना युवाको व्यवस्था गर्न आग्रह गरेका थिए। उनका अनुसार आन्दोलनमा सहभागी हुनेहरूलाई काठमाडौंमा खाने, बस्ने खर्चदेखि सम्पूर्ण व्यवस्था प्रसाईंको पक्षबाट गरिने र आन्दोलनको समयमा ‘पुलिसजस्तै वाकी–टकी’ समेत दिने बताईएको थियो।
“प्रसाईंले पैसा बाँडेर मानिस जम्मा गर्ने र तिनैलाई प्रयोग गरेर आफूलाई सत्ता नजिक पुर्याउने सोचमा छन्।” उनले युवाहरूलाई त्यस्ता लोभ–लालचमा नफस्न आग्रह गर्दै काभ्रेका युवाहरू पैसामा बिक्ने हैसियतका छैनन् भन्ने चेतावनी दिदै आफ्नो सामाजिक संजालमा लेखेका छन् ।
उनले आन्दोलनमा सहभागी हुनका लागि फोन र प्रस्ताव गर्ने व्यक्तिहरूको नाम चाँडै सम्बन्धित निकायमा बुझाउने बताएका छन्।
कार्तिक १६ गते पोस्ट गरिएको उक्त पोस्टको सम्बन्धमा प्रसाईले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

