२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा चुनावलाई मध्यनजर गर्दै रौतहट जिल्लास्थित नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म सबै सीमा नाका बन्द रहने जनाएको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार बिहारको सितामढी र पूर्वी चम्पारण जिल्लामा कात्तिक २५ गते चुनाव हुने भएकाले शान्ति सुरक्षाको दृष्टिले नाका बन्द गर्ने निर्णय गरिएको हो। उनका अनुसार आकस्मिक सेवाबाहेक सबै प्रकारको आवागमन पूर्ण रूपमा रोकिँदैछ।

नेपाल–भारतबीचको सुरक्षा समन्वय बैठकपछि दुवै देशका सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ गरिएका छन्। प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको र निर्वाचन अवधिभर अवाञ्छित गतिविधि रोक्न कडा सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय