२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वार्थ समूहको चलखेलबाट गरिएका गलत निर्णय उल्टाउन सरकारसँग माग गरेका छन् । आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका १० बुँदा मागपत्र बुझाएका हुन् ।

डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी र प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि उपस्थित थिए । प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झासहितको उपस्थितिमा डा. केसीले उठाएका विषयमा छलफल भएको थियो ।

मागपत्रमा चिकित्सा शिक्षा आयोगमा देखिएको राजनीतिक हस्तक्षेप अन्त्य गरी स्वायत्तता फर्काउने, गेटा मेडिकल विश्वविद्यालयमा स्वार्थ समूहको प्रभाव हटाउने, उच्च शिक्षा विधेयकलाई अध्यादेशमार्फत अघि बढाउने, चिकित्सकका लागि स्नातकोत्तर तहको निर्वाह भत्ता सरकारले सुनिश्चित गर्ने, र निर्मला कुर्मी हत्या प्रकरणको निष्पक्ष अनुसन्धान गर्ने लगायतका विषय समावेश छन् ।

त्यस्तै, डा. केसीले द्वन्द्वकालीन न्यायको प्रक्रिया निष्पक्षरूपमा टुंग्याउन, दण्डहीनता अन्त्य गर्न र युद्ध अपराधका दोषीलाई कारबाही गर्न पनि सरकारलाई आग्रह गरेका छन् । उनका अनुसार, अहिलेको नागरिक सरकारसँग स्वास्थ्य र शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने ऐतिहासिक अवसर आएको छ ।

डा. केसीले भनेका छन्, “राजनीतिक हस्तक्षेप र स्वार्थ समूहको प्रभावले सुधारका प्रयासहरू अधुरा छन् । अब यो सरकारले ठोस कदम चाल्ने बेला आएको छ ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय