२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

दक्षिण अफ्रिकाका लिजेन्ड स्पिन बलर इमरान ताहिर नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा खेल्ने भएका छन्।

च्याम्पियन टिम जनकपुर बोल्ट्सले ताहिरलाई यस सिजनका लागि अनुबन्धन गरेको हो। सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका ४६ वर्षीय ताहिर अहिले पनि उत्कृष्ट फर्ममा रहेका छन्। यसै वर्षको क्यारेबियन प्रिमियर लिगमा उनले सर्वाधिक विकेट लिएर आफ्नो प्रतिभा देखाइसकेका छन्। सीपीएलमा १२ खेलमा उनले २३ विकेट लिएका थिए।

विश्वका अधिकांश फ्रेन्चाइज लिगमा खेलिसकेका ताहिरले दक्षिण अफ्रिकाका २० टेस्ट, १०७ एकदिवसीय र ३८ टी–२० खेलमा २९३ विकेट लिएका छन्। साथै, उनले आईपिएलमा ८ सिजन खेलेका छन् र ४४६ टी–२० खेलमा ५७० विकेट लिएका छन्। उनले राइजिङ पुणे सुपरजायन्ट्स, दिल्ली डेयरडेभिल्स र चेन्नई सुपर किङ्सबाट खेलिसकेका छन्।

जनकपुर बोल्ट्सको बलिङ डिपार्टमेन्ट ताहिरको अनुबन्धनसँगै अझ बलियो भएको छ। ताहिरसँगै स्पिनर ललित राजवंशीले साथ दिनेछन्। टिमका मुख्य प्रशिक्षक वेस्टइन्डिजका लिजेन्ड शिवनराइन चन्द्रपउल हुन्।

यस सिजन जनकपुर बोल्ट्सले लहिरु मिलन्था र दक्षिण अफ्रिकाका अलराउन्डर वायन पार्नेललाई पनि अनुबन्धन गरेको छ। टिममा यसबाहेक आसिफ सेख, अनिल साह, मयन यादव, किशोर महतो, रुपेश सिंह र शुभ कंशकार पनि छन्।

ताहिरको आगमनले जनकपुर बोल्ट्सको स्पिन बलिङलाई थप मजबुत बनाउने विश्वास टिम व्यवस्थापनको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय