२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

काभ्रेमा जेन्जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बनेपाबाट फरार भएका पाँच जना प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। भदौ २४ गते कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनाक्रममा उनीहरू हिरासतबाट भागेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार फरार १२ जनामध्ये हालसम्म पाँच जनालाई पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रविन विष्टका अनुसार पक्राउ पर्नेमा अभद्र व्यवहारसम्बन्धी मुद्दाका पनौती नगरपालिका–४ का २८ वर्षीय सरोज पोडे, पनौती नगरपालिका–९ का ३३ वर्षीय उत्तमबहादुर तिमल्सिना र रोशी गाउँपालिका–९ का ४६ वर्षीय नरबहादुर लुङ्गेली रहेका छन्। पोडेलाई पनौती–७ बाट, तिमल्सिनालाई सोही क्षेत्रबाट र लुङ्गेलीलाई रोशी–९ बाट पक्राउ गरिएको हो।

यस्तै, जबर्जस्ती करणी आरोपमा मुद्दा खेपिरहेका खोटाङ जन्तेढुङ्गा गाउँपालिका–६ का २३ वर्षीय प्रविन मगर र सवारी अङ्गभङ्ग मुद्दामा संलग्न रोशी गाउँपालिका–१ का ३२ वर्षीय भीमबहादुर सुनारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। मगरलाई घरमै लुकेर बसेको अवस्थामा र सुनारलाई बनेपा नगरपालिका–८ बाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले सोमबार उनीहरूलाई पक्राउ गरी पुनः हिरासतमा पठाएको छ। हाल उनीहरूको मुद्दासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी विष्टले जानकारी दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय