२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो |

राष्ट्रिय गौरवका रूपमा अघि बढाइएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ। आयोजनाले निर्माण व्यवसायी पटेल–रमण जेभी सँगको ठेक्का सम्झौता रद्द गर्ने तयारी गर्दै मंगलबार ‘किन नतोड्ने’ भन्दै सार्वजनिक सूचना जारी गरेको छ।

आयोजनाका अनुसार ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत पूरा हुँदा पनि भौतिक प्रगति मात्र १० प्रतिशत पुगेको छ। पटक–पटक सुधारका लागि सूचना दिँदा पनि व्यवसायीले कुनै चासो नदेखाएपछि सम्झौता तोड्ने निर्णयमा पुगेको हो।

यस्तै, ठेक्का रद्दसँगै आयोजनाले कार्यसम्पादन जमानतका २ अर्ब ४० करोड र अग्रिम भुक्तानीका १ अर्ब २० करोड, गरी ३ अर्ब ६० करोड रुपैयाँको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया पनि अघि बढाएको छ।

गत असोज ७ गते ऊर्जामन्त्री कुलमान घिसिङले आयोजना निर्माणमा अस्वाभाविक ढिलाइ भएको भन्दै मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख, परामर्शदाता र ठेकेदार कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। त्यसपछि आयोजनालाई नयाँ विकल्पबाट अघि बढाउने तयारी गरिएको थियो।

१४ अर्ब ८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको आयोजनामा पटेल–रमण जेभीले अनुमानित लागतभन्दा ३२ प्रतिशत कम दरमा प्रस्ताव पेश गरेको थियो। व्यवसायीले माघ २०७९ देखि काम सुरु गरे पनि असार २०८४ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार प्रगति न्यून देखिएको छ। हालसम्म करिब १५ प्रतिशत अर्थात् २ अर्ब १४ करोड रुपैयाँ मात्रै भुक्तानी गरिएको छ।

आयोजनामा १३.३ किलोमिटर लामो सुरुङ टनेल बोरिङ मेसिनबाट खनिएको छ, जसको छिचोलेको मिति २६ वैशाख २०८१ हो। सिन्धुली–रामेछाप सीमाको सुनकोशी नदीको पानीलाई सुरुङमार्फत मरिण नदीमा पुर्‍याइने र बागमती सिँचाइ आयोजना मार्फत १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने लक्ष्य छ।

साथै, आयोजनाबाट ३१ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ। मधेश प्रदेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ पुर्‍याएर कृषकको जीवनस्तर सुधार, उत्पादन वृद्धि र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले सुनकोशी मरिणलाई राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजनाका रूपमा अघि बढाइएको हो।

आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय