२०८२ चैत्र २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश |

हुम्लाको पिपलमुडातर्फ विद्युत् पोल ढुवानी गर्दै गरेको ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बाजुराबाट सबस्टेसन जडानका लागि पोल बोक्दै आएको लु ५ त १२३७ नम्बरको ट्याक्टर सोमबार राति मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बाजुरा गौमुल गाउँपालिका–३ का २४ वर्षीय सुरेश रोकायाले चलाएको ट्याक्टर उकालोमा ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा रोकायाको घटनास्थलमै मृत्यु भएको हो।

सोही दुर्घटनामा सवार हुम्ला अदानचुली–२ का २८ वर्षीय रेशम भण्डारी गम्भीर घाइते भएका छन्। घाइते भण्डारीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पुर्‍याइएको प्रहरीले जनाएको छ।

विद्युत् सबस्टेसनका लागि पोल ढुवानीका क्रममा भएको उक्त दुर्घटनाले स्थानीय क्षेत्रमा जनधनको जोखिमबारे चिन्ता बढाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय