२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली बाहेकका सबै एमाले नेता आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग भएको सहमति पत्रमा हस्ताक्षरपछि बोल्दै दाहालले एमालेभित्र असन्तुष्टि बढ्दै गएको र धेरै नेताहरु नयाँ एकीकृत कम्युनिष्ट मोर्चातर्फ आकर्षित भइरहेका बताए।

उनले भने, “१२ वटा राजनीतिक दल एक ठाउँमा आइसकेका छन्। ओली हावा कुरा गर्छन्, तर एमाले छोडेर सबै यता आउँदैछन्।”

दाहालका अनुसार अहिले बनेको नेपाली कम्युनिष्ट पार्टीले माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य वाम घटकलाई एउटै मञ्चमा ल्याइसकेको छ। उनले नयाँ पार्टीलाई वाम एकताको ठोस कदम भन्दै देशमा स्थायित्व र परिवर्तनका लागि यो ऐतिहासिक प्रयास भएको दाबी गरे।

गत कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका १२ वामपन्थी दल र समूहहरू एकीकृत भएर ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन गरिएको थियो। प्रचण्डले आगामी दिनमा अझ धेरै वामपन्थी घटकहरू यो पार्टीमा जोडिने दाबी पनि गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय