२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली बाहेकका सबै एमाले नेता आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग भएको सहमति पत्रमा हस्ताक्षरपछि बोल्दै दाहालले एमालेभित्र असन्तुष्टि बढ्दै गएको र धेरै नेताहरु नयाँ एकीकृत कम्युनिष्ट मोर्चातर्फ आकर्षित भइरहेका बताए।

उनले भने, “१२ वटा राजनीतिक दल एक ठाउँमा आइसकेका छन्। ओली हावा कुरा गर्छन्, तर एमाले छोडेर सबै यता आउँदैछन्।”

दाहालका अनुसार अहिले बनेको नेपाली कम्युनिष्ट पार्टीले माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य वाम घटकलाई एउटै मञ्चमा ल्याइसकेको छ। उनले नयाँ पार्टीलाई वाम एकताको ठोस कदम भन्दै देशमा स्थायित्व र परिवर्तनका लागि यो ऐतिहासिक प्रयास भएको दाबी गरे।

गत कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका १२ वामपन्थी दल र समूहहरू एकीकृत भएर ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन गरिएको थियो। प्रचण्डले आगामी दिनमा अझ धेरै वामपन्थी घटकहरू यो पार्टीमा जोडिने दाबी पनि गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय