२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

तीन दशक लामो सेवायात्रा पूरा गरी प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ आजबाट अनिवार्य अवकाशमा जानुहुँदैछ। गृह मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले खापुङको नेतृत्वकालमा प्रहरी सङ्गठनले देखाएको अनुशासन, दक्षता र प्रतिबद्धताको उच्च प्रशंसा गर्नुभयो।

गृहमन्त्री अर्यालले खापुङको बौद्धिक नेतृत्व र पेशागत निष्ठाले सम्पूर्ण प्रहरी कर्मचारीको मनोबल उच्च राख्न योगदान गरेको बताउँदै अवकाश जीवनपछि पनि राष्ट्रलाई उहाँको अनुभव आवश्यक रहने उल्लेख गर्नुभयो। उहाँले भने, “अवकाशले जिम्मेवारी अन्त्य गर्दैन, देशले अझै पनि तपाईंको अनुभव र सल्लाहको अपेक्षा गर्नेछ।”

गृहसचिव रामेश्वर दङ्गालले पनि खापुङले आफ्नो कार्यकालमा संगठनलाई शुद्ध, पारदर्शी र नतिजामुखी बनाउन गरेको प्रयास प्रशंसनीय रहेको बताए।

बिदाइ समारोहमा आईजीपी खापुङले सेवाको मूल आधार नै निष्ठा, लगनशीलता र जनसेवाप्रतिको समर्पण भएको उल्लेख गर्दै प्रहरी सेवामा बिताएका वर्षहरू आफ्नो जीवनका गौरवपूर्ण क्षण भएको भाव व्यक्त गर्नुभयो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय