२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

आगामी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजन अब ओटीटी प्लेटफर्म डिशहोम गो एप मार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ। बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र डिशहोमबीच भएको सम्झौतापछि उक्त एपलाई एनपीएलको डिजिटल स्ट्रिमिङ पार्टनर घोषणा गरिएको हो।

क्यानले नोभेम्बर ४ मा भारत बाहेकका मुलुकहरूका लागि एनपीएलको प्रसारण अधिकार बिक्री गर्न टेन्डर आह्वान गरेको थियो। सोही प्रक्रियामार्फत डिशहोम गो एपले एक्सक्लुसिभ ओटीटी स्ट्रिमिङ अधिकार पाएको क्यानले जनाएको छ।

सम्झौतापछि अब भारतबाहेकका देशका दर्शकहरूले डिशहोम गो एपमा निश्चित शुल्क तिरेर एनपीएलको लाइभ स्ट्रिमिङ हेर्न सक्नेछन्। तर क्यानले हालसम्म शुल्क दर भने सार्वजनिक गरेको छैन।

यसैबीच, एनपीएल टेलिभिजन प्रसारण अधिकार स्टार स्पोर्ट्सले पाइसकेको छ। साथै, एक नेपाली टेलिभिजन च्यानलमा पनि एनपीएल देखाउने तयारी अन्तिम चरणमा पुगेको र त्यसको टुङ्गो शनिबारसम्म लाग्ने क्यान स्रोतले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय