सहकारी ठगी प्रकरणमा संलग्न भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनका व्यवसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालतले फेरि थप मिसिल झिकाउन आदेश दिएको छ।
उच्च अदालत तुलसीपुर बुटवलमा बिहीबार न्यायाधीशद्वय ओमप्रसाद अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले ‘थप प्रमाण आवश्यक’ भन्दै मुद्दासँग सम्बन्धित अन्य मिसिल माग्न निर्देशन दिएको हो।
लामिछाने र जोशीले बिगोवापतको रकम तिरेर थुनामुक्त भई पुर्पक्ष गर्न पाउने अनुमति माग्दै अदालतमा निवेदन दिएका थिए। सो निवेदनमाथि यसअघि पनि कात्तिक २० गते सुनुवाइ भएको थियो, तर अदालतले सुरु मिसिल झिकाउने आदेश दिएको थियो।
फेरि बिहीबारको इजलासले नयाँ प्रमाण र कागजात आवश्यक ठहर गर्दै थप मिसिल माग्न आदेश दिएपछि मुद्दाको निर्णय फेरि केही समयका लागि ढिलो हुने देखिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
