२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

यातायात व्यवस्था विभागले आफ्नो अनलाइन सेवा प्रणाली पूर्ण रूपमा बन्द भएको घोषणा गरेको छ। मीनभवनस्थित विभागको डेटा सेन्टरमा निरन्तर प्राविधिक समस्या उत्पन्न भएपछि इ–ड्राइभिङ लाइसेन्स तथा applydlnew.dotm.gov.np मा आधारित सबै सेवा अनिश्चितकालका लागि रोकिएको विभागले जानकारी दिएको हो।

गत कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्र चलिरहेको प्रणाली अहिले पूर्ण रूपमा बन्द भएपछि अनलाइन मार्फत हुने लाइसेन्स आवेदन, नवीकरण, श्रेणी थप तथा अन्य सम्बद्ध सेवा प्रभावित भएका छन्। विभागका अनुसार समस्या समाधान नभएसम्म सेवा पुनः सुचारु हुने अवस्था छैन।

प्रणाली बन्द हुँदा दैनिक रूपमा अनलाइन सेवामा भर पर्ने हजारौँ सर्वसाधारण प्रभावित भएका छन्। विभागले सेवा पुनः सञ्चालन हुनेबित्तिकै अर्को सूचना जारी गर्ने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय