साताको पहिलो कारोबारी दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। नेप्से सूचकांक ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा रोकिएको छ।
आज ३३७ कम्पनीका ७९ लाख ५७ हजार ५६ कित्ता सेयर ४७ हजार १७६ पटक खरिदबिक्री हुँदा कुल कारोबार ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ रुपैयाँ पुगेको छ।
कारोबारमा होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह राताम्मे देखिएका छन्।
साकारात्मक सर्किटमा सागर डिस्टिलरी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका सेयर मूल्य १० प्रतिशतले बढेका छन्।
त्यस्तै, सबैभन्दा धेरै घाटा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले व्यहोरेको छ, जसको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आजको कारोबारले बजारमा मिश्रित संकेत दिएको छ, जहाँ केही कम्पनीले उच्च लाभ देखाए पनि समग्र बजार राताम्मे रहेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
