२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को दोस्रो दिन चितवन राइनोजले कर्णाली याक्सलाई रोमाञ्चक खेलमा ४ विकेटले हराउँदै उत्कृष्ट जित दर्ता गरेको छ। १६७ रनको लक्ष्य पछ्याउन उत्रिएको चितवनले १९.१ ओभरमै आवश्यक रन पूरा गर्‍यो।

चितवनको जितको आधार बने रवि बोपराको दमदार प्रदर्शन। उनले ३५ बलमा ५२ रन प्रहार गर्दै टोलीलाई सहज अवस्थामा पुर्‍याए। साथमा दीपक बोहरा (४२), सैफ जैब (३८) र कुशल मल्ल (२०) ले महत्त्वपूर्ण साथ दिए। कर्णालीका सोमपाल कामीले २ विकेट हात पारे भने युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको थियो। टोलीका ओपनर प्रियांक पन्चालले विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रन जोडे। म्याक्स ओ’डाउडले २०, मार्क वाटले १६ रन बनाए।

चितवनका शोहिल तन्विर, रवि बोपारा र सैफ जैबले कर्णालीका एक–एक विकेट उल्टाए। खेलभरि दुवै टोलीले उत्कृष्ट प्रतिस्पर्धा गरे पनि अन्ततः बोपराको अर्धशतकले चितवनलाई विजय दिलायो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय