२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज लुम्बिनी लायन्स र चितवन राइनोज दोस्रो खेलमा आमने–सामने हुँदैछन्। खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। लुम्बिनीको नेतृत्व राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले गर्छन् भने चितवनको कमान कुशल मल्लसँग छ।

पहिलो खेलमै कर्णाली याक्सलाई हराएर दुई अंक जोडिसकेको चितवन उत्कृष्ट लयमै छ। त्यसैले टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रनेछ। उता, पहिलो खेलमै बलियो छाप छोड्ने लक्ष्यसहित लुम्बिनी आज अभियान सुरु गर्न तयार छ।

चितवन : बोपारा-मल्लको जोडी  बन्ने छ ठुलो हतियार 

चितवन राइनोजका मार्की खेलाडी तथा कप्तान कुशल मल्लबाहेक टिममा अनुभवी र विदेशी खेलाडीको राम्रो मेल देखिन्छ।
इङ्ल्यान्डका रवी बोपराले पहिलो खेलमै आफ्नो फिटनेस र फर्म दुवै प्रदर्शन गरिसकेका छन्। सोहेल तनविरको उपस्थितिले बलिङ विभाग अझै मजबुत देखिन्छ।

विदेशी खेलाडीमा डेविड मलान, सैफ अली जैवस र अल्पेस रामजानीले चितवनलाई थप बलियो बनाएका छन्। नेपाली क्रिकटरमध्ये रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, अमरसिंह रौतेला, दीपेश श्रेष्ठ, दीपक बोहरा र गौतम केसी टोलीका बलिया विकल्प हुन्।

लुम्बिनी : कप्तान रोहितसहितको  नयाँ संयोजनले आज दिन सक्छ जित 

पहिले संस्करणमा केवल एक खेल जित्न सकेको लुम्बिनी यो सिजन उत्कृष्ट सुरुवातको प्रेसर र चाहनासहित मैदान उत्रदैछ। प्रशिक्षक शक्ति गौचनको अनुभव र रोहित पौडेलको नेतृत्व यो सिजन लुम्बिनीको मुख्य बल मानिएको छ।

अस्ट्रेलियाका डार्सी सट र अफगान अलराउन्डर गुल्बदिन नइब टोलीका प्रमुख विदेशी अनुबन्ध हुन्। त्यस्तै नामिबियाका जेजे स्मिथ, रुबेन ट्रम्पलम्यान र थोमस ड्राकासँग टोलीको अन्तर्राष्ट्रिय कट्टरता झल्किन्छ।

स्थानीय टोलीमा सन्दीप जोरा, दिलीप नाथ, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खानलगायत उदीयमान तथा स्थापित खेलाडी समेटिएका छन्।

अहिलेसम्म काठमाडौँ, विराटनगर, चितवन र सुदूरपश्चिमले दुई–दुई अंक जोडिसकेका छन्। आजको जितले अंकतालिकामा शीर्ष समूहको स्थिति थप रोचक बनाउने निश्चित छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय