२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोकिएको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। दैनिक उपभोग्य तरकारीदेखि मौसमी फलफूलसम्मका अधिकांश वस्तुको दर परिवर्तन गरिएको समितिले जनाएको छ।

गोलभेँडाको सबै प्रकारमा भाउ फरक–फरक राखिएको छ। ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ११५ रुपैयाँ तोकिएको छ भने साना लोकल गोलभेँडा ९० रुपैयाँमा उपलब्ध हुनेछन्। टनेल तथा तराईका गोलभेँडाको दर १३० रुपैयाँ तोकिएको छ। आलु–प्याजका दर भने सामान्य स्तरमै छन्। रातो आलु ६० रुपैयाँ, सेतो ४५ रुपैयाँ र भारतीय प्याज ३६ रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।

बन्दा, काउली, गाजर, मूला, भन्टाजस्ता दैनिक आवश्यक तरकारीमा पनि भाउ अद्यावधिक गरिएको छ। स्थानीय गाजर १४० रुपैयाँ प्रतिकिलो पर्छ भने तराईका गाजर १२० रुपैयाँ। बन्दा ६५ देखि ७५ रुपैयाँमा पाइनेछ। काउली स्थानीय ९० र तराईको ८० रुपैयाँ तोकिएको छ। भिन्डी, करेला, तिते करेला, बोडी, फर्सीजस्ता तरकारीमा ६५ देखि २०० रुपैयाँसम्म मूल्य तोकिएको छ।

हरियो सागसब्जीको मुल्य सूचीमा पनि उल्लेख्य भिन्नता देखिन्छ। रायोसाग १०० रुपैयाँ, पालुङ्गो २५०, तोरीको साग ९०, मेथी २२० तथा हरियो प्याज १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। च्याउ (कन्य) २४० रुपैयाँमा र डल्ले च्याउ ४०० रुपैयाँमा उपलब्ध हुनेछ। कुरिलो भने प्रतिकिलो १२०० रुपैयाँ कायम भएको छ।

फलफूलतर्फ स्याउ झोले २५० रुपैयाँ र फुजी ३२० रुपैयाँ प्रतिकिलो तोकिएको छ। केरा दर्जनको १४० रुपैयाँ, कागती १२० रुपैयाँ र अनार ४०० रुपैयाँ तोकिएको छ। नेपाली सुन्तला १०० रुपैयाँ पर्छ भने जुनार २६० रुपैयाँ प्रतिकिलो छ। काँक्रो, नास्पाती, मेवा, अम्बाजस्ता फलहरू ७० देखि २२‍० रुपैयाँको दायरा भित्र छन्।

मसला तथा अन्य उपभोग्य वस्तुहरूमा अमला ८०, अदुवा ८०, हरियो धनियाँ ५००, लसुन १६०–२०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। सुकेको खुर्सानी ४०० रुपैयाँ छ भने अकबरे, बुलेट र माछे खुर्सानी १४० रुपैयाँमै कायम गरिएको छ। ताजा माछामा रहु ३४०, बचुवा २८० र छडी २५० रुपैयाँ प्रतिकिलो राखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय