नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज साँझ त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक भिडन्त हुने भएको छ। प्रतियोगिताको महत्वपूर्ण मानिएको यो खेल अपराह्न ४ बजे सुरु हुनेछ।
पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेलले गर्नेछन्। घरेलु र विदेशी खेलाडीको सन्तुलित संयोजनसहित मैदान उत्रिने पोखराले आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टनलाई आजको खेलका मुख्य आधारका रूपमा हेरेको छ।
प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्स भने दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिँदैछ। अनुभवी विकेटकिपर विनोद भण्डारी, तेस्रोलाइनर क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा आजको खेलमा सुदूरपश्चिमका प्रमुख खेलाडी रहनेछन्।
दुवै टोलीमा स्टार खेलाडीको उपस्थिति भएकाले आजको खेल निकै प्रतिस्पर्धात्मक र दर्शकप्रिय हुने अनुमान गरिएको छ।
