२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले शानदार सुरुवात गरेको छ। पहिलो खेलमै उपाधि दाबेदार मानिएको काठमाडौँ गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिमले प्रभावशाली जित दर्ता गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले सुरुवात निकै कमजोर बनायो। ओपनरहरू जमेका थिएनन्, शीर्ष र मध्यक्रम पनि धरासायी भयो। तर आठौँ नम्बरमा आएका भारतीय मूलका अमेरिकी खेलाडी हर्मित सिंहले खेलको मुटु नै बदलिदिए।

२० बलमा ५३ रनको विस्फोटक इनिङ खेल्दै उनले सुदूरपश्चिमलाई १४७ को सम्मानजनक स्कोरसम्म पुर्‍याए। कप्तान दीपेन्द्रसिंह ऐरीको ३९ रन र आरिफ शेखको २५ रनले पनि सहयोग पुर्‍यायो।

बलिङमा पनि सुदूरपश्चिमको सुरुवात झन् प्रभावशाली रह्यो। काठमाडौँको इनिङ स्थिर भइसकेको जस्तो देखिएको बेला हर्मितले लगातार दुई विकेट लिए — आकाश त्रिपाठी र मोहम्मद आदिल आलम। यही मोडबाट काठमाडौँ ‘ब्याकफुट’ मा धकेलियो र अन्ततः १६.५ ओभरमै ११८ रनमा समेटियो।

काठमाडौँका लागि आकाश त्रिपाठीले ३४ रन बनाए भने जौन सिम्पसनले २४ रन जोडे। कप्तान करण केसीले एक्लैले ४ विकेट लिए तर टिमलाई जाल्न सकेनन्।

सुदूरपश्चिमका बलर स्कट कुगलेन र हेमन्त धामीले २–२ विकेट लिए।

अब बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय