२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन |

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी ऋण भुक्तानी र संरचना स्वामित्व ग्रहणका विषयमा भरतपुर महानगरपालिकाले कानुनी बाटो नपाएको स्पष्ट पारेको छ। महानगरले शुक्रबार विज्ञप्ति जारी गर्दै बजेट विनियोजन भए पनि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रकम भुक्तानी गर्ने स्पष्ट कानुनी प्रावधान नभेटिएकै कारण प्रक्रिया अघि बढ्न नसकेको जनाएको हो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा आर्थिक वर्ष २०८२/८३ मा रंगशाला संरचना खरिदका लागि सशर्त अनुदानमार्फत १५ करोड रुपैयाँ छुट्याइए पनि सरकारी निकायबाट निजी संस्थालाई रकम भुक्तानी गर्ने विषय अत्यन्त संवेदनशील र जटिल रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “कुन कानुनको कुन दफाअनुसार प्रक्रिया पूरा गर्ने हो भन्ने आधार अहिलेसम्म पहिचान हुन सकेको छैन। यसमा हामी सम्बन्धित निकायहरूसँग निरन्तर छलफलमा छौं।”

महानगरका अनुसार संघीय सरकारले सम्पत्ति खरिदका प्रक्रिया, मापदण्ड र कार्यविधिबारे स्पष्ट निर्देशन नदिएसम्म भुक्तानी अघि बढाउन सकिने अवस्था छैन।

यस्तै, भविष्यमा कर्मचारी र पदाधिकारी कानुनी विवादमा नफसून भन्ने उद्देश्यले सावधानी अपनाउँदै आएको महानगरले विषयलाई अनावश्यक विवादमा नलिका जनप्रतिनिधि, राजनीतिक नेतृत्व र सर्वसाधारणलाई अघि बढ्न आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय