२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई आकर्षक खेलसँग अघि बढ्दैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन्।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी पहिलो खेलमा चितवन राइनोजलाई हराएर आज लगातार दोस्रो जितका लागि उत्रिँदैछ। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली भने पहिलो पराजयपछि आज जितको खोजीमा हुनेछ।

दोस्रो खेल दिउँसो ३:३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच हुनेछ। करण केसीको नेतृत्वमा रहेको काठमाडौं तेस्रो खेल खेल्दैछ पहिलो खेलमा जनकपुरलाई हराएको काठमाडौं दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो।

सोही बेला, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा झर्दैछ। विराटनगरले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सलाई सहज रूपमा पराजित गरेको थियो।

दुवै खेलले अंकतालिकाको स्थितिमा उल्लेखनीय प्रभाव पार्ने भएकाले आजका भिडन्तलाई निकै महत्वका साथ हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय