२०८२ माघ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
झापा क्षेत्र नं ५ केन्द्रित ओलीको व्यस्त चुनावी कार्यक्रम | आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो |

राहदानी विभागले अबदेखि राहदानी वितरणमा लागू भइरहेको कोटा प्रणाली पूर्ण रूपमा हटाएको छ। मन्त्रिपरिषद्ले फ्रान्सेली कम्पनी ईन स्मार्ट आइडेन्टिटी फ्रान्स एसएस सँग सात लाख राहदानी खरिद गर्ने नयाँ सम्झौतामा सहमति प्रदान गरेपछि सेवा सहज बन्दै गएको विभागको भनाइ छ।

सम्झौताअनुसार करिब तीन हप्ताभित्र पहिलो किस्ताको राहदानी नेपाल आइपुग्नेछ। त्यसपछि निरन्तर आपूर्ति प्रक्रिया अघि बढ्दै जाने विभागले जनाएको छ।

राहदानी पुस्तिकाको अभावका कारण विभागले केही दिनदेखि दैनिक एक हजारको कोटा चलाउँदै आएको थियो। तर अब मागअनुसार अनलाइन ‘स्लट’ क्रमशः बढाइने बताइएको छ।

विभागका अनुसार कर्मचारीलाई अतिरिक्त समय खटाइेर सेवाग्रहीलाई यथाशीघ्र राहदानी उपलब्ध गराइनेछ। विदेशस्थित नेपाली नियोगबाट आवेदन दिनेहरूलाई पनि पुरानै व्यवस्थाअनुसार १–२ हप्ताभित्र राहदानी छपाई गरी पठाइने उल्लेख छ।

जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत कात्तिक १५ गतेसम्म आवेदन दिएका व्यक्तिहरूको राहदानी दुई हप्ताभित्र जारी गरिँदैछ। त्यसपछि प्राप्त हुने आवेदनहरूलाई पुरानै क्रमअनुसार प्रसोधन गरिने विभागले जनाएको छ।

विभागका अनुसार राहदानी सेवा अब क्रमशः पूर्ण रूपमा सहज र नियमित बन्दै जानेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय