२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान आज विशेष रङमा देखिने भएको छ। ‘ढाका टोपी ’ अभियानसँगै धेरै नेपाली दर्शकहरु  ढाका टोपी लगाएर मैदान पुग्ने  छन्। नेपाली पहिचानलाई विश्वमै चिनाउने उद्देश्यले आज ढाका टोपी लगाएर खेल हेरिदैछ ।

आज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सोमपाल कामीको कप्तानीको कर्णाली लायन्स र रोहित पौडेलको नेतृत्वको लुम्बिनी लायन्स भिड्नेछन्। लुम्बिनी पहिलो जितपछि लगातार दोस्रो सफलताको खोजीमा छ भने कर्णाली आफ्नो पहिलो हारपछि पुनरागमन गर्न चाहन्छ।

दोस्रो खेल दिउँसो ३:३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच हुने छ। करण केसीको नेतृत्वको काठमाडौंले आज तेस्रो खेल खेल्दैछ-पहिलो खेलमा जनकपुरलाई हराएको टोली दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो।

उता, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जितका लक्ष्यसहित मैदानमा उत्रिनेछ। पहिलो खेलमा पोखरा एभेन्जर्सलाई सहज रूपमा हराउँदै विराटनगरले शानदार शुरुआत गरेको थियो।

आजका दुवै भिडन्त अंकतालिकामा महत्वपूर्ण प्रभाव पार्ने भएकाले खेलप्रेमी र टोलीहरूका लागि समान रूपमा निर्णायक मानिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय