२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

नेकपा एमालेको आजको प्रदर्शन र उपत्यकामा चलिरहेको रथयात्राका कारण काठमाडौंको मुख्य सडक ट्राफिक व्यवस्थापन प्रभावित बनेको छ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रदर्शनीमार्ग क्षेत्रमा भीड बढेपछि त्यहाँबाट चल्ने सवारी साधनलाई पद्यमोदय मोड र सभागृहतर्फबाट डाइभर्सन गरिएको छ।

प्रदर्शनका कारण टुँडिखेल, भोटाहिटी, पुतलीसडक तथा रणोद्विप क्षेत्रको आवागमन समेत प्रभावित भएको छ। ट्राफिक प्रहरीले सहज यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

माइतीघर क्षेत्रको भीडका कारण सर्भिस लेनमार्फत थापाथली जाने सवारीलाई आज मुख्य लेनतर्फ पठाइएको छ। त्यस्तै, सामाखुसी चोकमा मानिसहरूको भीड र चावहिल–जोरपाटी मार्गमा भइरहेको रथयात्राले पनि आवागमनमा केही अवरोध देखिएको छ।

यद्यपि उपत्यकाका अन्य मार्ग तथा नाकाबाट भित्रिने–बाहिरिने सवारी सामान्यरूपमा सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

Photo: KathmanduPress

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय