२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

जेनजी आन्दोलनमा टीओबी समूहको संलग्नता रहे–नरेको विषयमा नेपाल प्रहरीले अनुसन्धानलाई अझ व्यापक बनाएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले लोगो डिजाइनदेखि आन्दोलनको दिनदेखिनै सक्रिय भूमिकासम्मका धेरै तथ्यहरू बाहिरिँदै गएको बताएका छन्।

प्रहरीका अनुसार हाल हिरासतमा रहेका तेन्जिन दावा लामाले नै टीओबी समूहको लोगो डिजाइन गरेको पुष्टि भएको छ। उनले बयानमा आफूलाई “आधा तिबेतियन” बताएको प्रहरीले जानकारी दिएको छ। भाद्र २३ गते दिउँसो बिजलीबजार क्षेत्रमा मोटरसाइकल पड्काउँदै नारा जुलुस चलाएको, भीडलाई उक्साउने क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको पनि प्रहरीको भनाइ छ। तेन्जिनले यसअघि आफूले भीड उक्साउने गल्ती गरेको स्वीकारेको भट्टराईले बताए।

अनुसन्धानका क्रममा टीओबीमा रहेका अन्य सदस्य भने सबै नेपाली मूलका भएको प्रारम्भिक तथ्यले देखाएको प्रहरीको दाबी छ। प्रहरीले जेनजी आन्दोलनमा समूहको भूमिकाबारे थप प्रमाण जुटाउने काम निरन्तर भइरहेको जनाएको छ।

यससँगै जिल्ला प्रहरी परिसरले नेपाल प्रिमियर लिग (एनपीएल) मा अनधिकृत सट्टेबाजीमा संलग्न रहे–नरेको आरोपमा १० जनालाई पक्राउ गरेको छ। ती व्यक्तिहरूले २ करोड ५ लाख रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रारम्भिक जाँचले देखाएको भट्टराईले बताए। एनपीएलको सुरक्षा व्यवस्थाका लागि करिब ४ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीको जानकारी छ।

यस्तै, टोखा–९ नयाँ बसपार्कमा एक महिलाको हत्या आरोपमा २४ वर्षीय सूर्य थापालाई पक्राउ गरिएको छ। थापाले प्रारम्भिक सोधपुछमा अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय