२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गर्दै संगठन पुनर्संरचना प्रक्रियालाई अघि बढाएको छ। सोमबार बसेको सचिवालय बैठकले पुराना इन्चार्जहरूलाई आगामी निर्वाचनमुखी काममा सहभागी गराउने र प्रदेश नेतृत्व अब केन्द्रीय सदस्यहरूले सम्हाल्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

यसअघि कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल प्रदेश इन्चार्जका रूपमा रहेका थिए। कोशी प्रदेशका इन्चार्ज परियारले भने यसैबीच पार्टी छाडिसकेका छन्।

बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भइरहेको संवादको प्रगतिबारे उच्च संवाद समितिले ब्रिफिङ गरेको थियो। सम्भावित राजनीतिक ध्रुवीकरण र सहकार्यलाई परिणामसम्म पुर्‍याउन सचिवालयले आवश्यक सहजीकरण गर्ने पनि निर्णय भएको बुर्लाकोटीले बताए।

सचिवालयले सुशासन र द्रुत विकासप्रति प्रतिबद्ध सबै वैकल्पिक शक्तिहरूलाई एकै ध्रुवमा उभिन आह्वान गर्दै देशको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सामूहिक शक्ति आवश्यक भएको निष्कर्ष निकालेको छ।

यसबाहेक पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगमा रिक्त रहेका पदहरू भर्न केन्द्रीय समिति सदस्यहरूबाट योग्य नाम सिफारिस माग गर्ने निर्णय भएको छ। साथै, देशभरका सबै स्थानीय तहमा ‘र्यापिड एक्सन टिम’ गठन गर्ने तयारी अघि बढाइएको छ।

कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनको आधारमा रास्वपा विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गरिएको जानकारी पनि पार्टीले दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय