२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

अमेरिकाले १९ देशबाट आएका स्थायी आवास अनुमति (ग्रिन कार्ड) पाएका व्यक्तिहरूको पुनः जाँच सुरु गर्ने तयारी गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पले सबै सम्वन्धित देशका ग्रिन कार्डधारीलाई कडाइका साथ पुनः मूल्यांकन गर्न निर्देशन दिएका हुन्।

पुनः जाँचको सूचीमा अफगानिस्तान, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियरा लियोन, तुर्कमेनिस्तान र टोगो गरी १९ देश परेका छन्।

यो निर्णय ह्वाइट हाउस नजिकै दुई जना नेसनल गार्डमाथि गोली प्रहार भएको घटनापछि आएको हो। सो घटनामा अफगान नागरिक रहमानुल्लाह लकनवाल पक्राउ परेका थिए। उनी सन् २०२१ मा अमेरिकी सेनाको फिर्तीसँगै अफगान नागरिकलाई दिइने विशेष आप्रवासन सुरक्षामा अमेरिका पुगेका बन्दै आएका थिए।

घटनापछि ट्रम्प प्रशासनले सुरक्षा जोखिमका आधारमा ती देशका आप्रवासीको पृष्ठभूमि पुनः पुष्टि गर्न आवश्यक देखेको बताइएको छ। प्रशासनका अधिकारीहरूले ग्रिन कार्ड जारी गर्ने प्रक्रियामा समेत थप कडाइ अपनाइने संकेत गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय