नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेल चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच भइरहेको छ। दिनको सुरुवातमै चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन्।
काठमाडौँ गोर्खाजले भने अघिल्लो खेलमै खेलेको टोलीलाई निरन्तरता दिँदै आज कुनै परिवर्तन गरेको छैन। चितवनले भने अमरसिंह राउटेलाको स्थानमा बलर रिजन ढकाललाई पुनः टिममा समावेश गरेको छ।
टुर्नामेन्टमा चितवनले अहिले सम्म ३ खेलमा २ जित र १ हारको नतिजा पाएको छ। उता काठमाडौँले ४ खेलमध्ये समान २ जित र २ हार दर्ता गरेको छ। अंक तालिकामा दुवै टोलीका ४ अंक रहे पनि राम्रो नेट रनरेटका कारण चितवन तेस्रो स्थानमा उक्लिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
