२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराउँदै तेस्रो जित हासिल गरेको छ।

आजको खेलमा चितवनले १४३ रनको लक्ष्य पछ्याउने क्रममा १७ ओभर २ बलमै ८९ रनमा अलआउट भयो। चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१ रन बनाए भने शोहिल तन्विरले १८ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकसम्म रन बनाउन सकेनन्।

बलिङमा काठमाण्डुका रसिद खानले सर्वाधिक ३ विकेट लिए। कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २–२ तथा सन्तोष यादवले एक विकेट लिए।

काठमाण्डुले पहिले ब्याटिङ गर्दै १४२ रन बनाएको थियो। जोन सिम्पसोनले २९ बलमा ६० रन बनाए, जसमा ३ चौका र ५ छक्का समावेश थियो। उनी र मिलिन्द कुमारले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए। मिलिन्दले ३८ रन बनाए।

चितवनका लागि शोहिल तन्विरले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। रञ्जित कुमार र कमलसिंह ऐरीले २–२ विकेट लिए भने रवि बोपाराले १ विकेट लिए।

यस जितसँगै काठमाण्डु गोर्खाजले एनपीएल–२ मा तेस्रो जित हात पारेको छ भने चितवन राइनोजले तेस्रो हार बेहोरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय