२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराउँदै तेस्रो जित हासिल गरेको छ।

आजको खेलमा चितवनले १४३ रनको लक्ष्य पछ्याउने क्रममा १७ ओभर २ बलमै ८९ रनमा अलआउट भयो। चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१ रन बनाए भने शोहिल तन्विरले १८ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकसम्म रन बनाउन सकेनन्।

बलिङमा काठमाण्डुका रसिद खानले सर्वाधिक ३ विकेट लिए। कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २–२ तथा सन्तोष यादवले एक विकेट लिए।

काठमाण्डुले पहिले ब्याटिङ गर्दै १४२ रन बनाएको थियो। जोन सिम्पसोनले २९ बलमा ६० रन बनाए, जसमा ३ चौका र ५ छक्का समावेश थियो। उनी र मिलिन्द कुमारले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए। मिलिन्दले ३८ रन बनाए।

चितवनका लागि शोहिल तन्विरले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। रञ्जित कुमार र कमलसिंह ऐरीले २–२ विकेट लिए भने रवि बोपाराले १ विकेट लिए।

यस जितसँगै काठमाण्डु गोर्खाजले एनपीएल–२ मा तेस्रो जित हात पारेको छ भने चितवन राइनोजले तेस्रो हार बेहोरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय