२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)–२ मा हालसम्म १४ खेल सम्पन्न भएका छन्। ती खेलमा १४ अर्धशतक र एक शतकको रेकर्ड बनेको छ।

जारी सिजनमा हिर्काइएका १४ अर्धशतकमध्ये पाँच अर्धशतक नेपाली खेलाडीले बनाएका छन् भने बाँकी सबै विदेशी खेलाडीको नाममा छ। सबैभन्दा बढी अर्धशतक सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सका खेलाडीहरूले हिर्काएका छन्। व्यक्तिगत रूपमा चितवन राइनोजका विदेशी खेलाडी रवी बोपराले तीन अर्धशतक प्रहार गरेका छन्।

एकमात्र शतक कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाटले लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेल्दै बनाएका छन्। यो एनपीएलमा सबैभन्दा छिटो शतक पनि हो।

अंकतालिकामा सुदूरपश्चिम अपराजित छ। चार खेल जितेर आठ अंकसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको ‘प्लेअफ’ यात्रा सहज देखिन्छ। दोस्रो स्थानमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर छ भने चितवन र काठमाडौँ क्रमशः तेस्रो र चौथो स्थानमा छन्। अंकविहीन जनकपुर उपविजेता भएता पनि ‘प्लेअफ’ बाटो साँघुरो बन्दै गएको छ।

सबैभन्दा बढी रन हिर्काउनेमा चितवनका रवी बोपरा रहेका छन् भने बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने शीर्ष स्थानमा छन्। उच्च स्कोर बनाउने टिममा विराटनगर र सुदूरपश्चिम छन् भने सबैभन्दा कम स्कोर कर्णालीको नाममा छ।

एनपीएल–२ प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र आठ टोली सहभागितामा मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय