२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल आज मलेसियासँग प्रतिस्पर्धा गर्न तयार छ।

अजमान मैदानमा हुने सेमिफाइनल खेल बिहान ९ बजेबाट सुरू हुनेछ। समूह ‘ए’ को विजेता नेपाल र समूह ‘डी’ को विजेता मलेसिया एउटै लक्ष्यसहित मैदान उत्रिदै छन् फाइनल स्थान र एसिया कपको टिकट सुनिश्चित गर्ने।

समूह चरणमा नेपालको प्रदर्शन प्रभावशाली रह्यो। पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित दिलाउँदा दोस्रो खेलमा हङ्कङलाई १ सय १९ रनले पराजित गर्दै नेपालको सेमिफाइनल यात्रा सहज बन्यो।

चौध टोली सहभागी प्रतियोगिताबाट तीन टोलीले यू–१९ एसिया कपमा स्थान पाउनेछन्। फाइनलमा पुग्ने दुवै टोली सिधै छनोट हुनेछन् भने सेमिफाइनलमा पराजित दुईमध्ये तेस्रो स्थान हात पार्ने टोली पनि एसिया कपमा पुग्नेछ।

आगामी डिसेम्बरमा यूएईमै आयोजना हुने यू–१९ एसिया कपका लागि नेपालले आजको खेललाई निर्णायक अवसरका रूपमा हेरेको छ।

-रासस

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय