२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा आज सागसब्जी र फलफूलका अधिकांश वस्तु स्थिर दरमै कारोबार भइरहेको समितिले जनाएको छ।

गोलभेँडाको मूल्य प्रकारअनुसार फरक–फरक रहेको छ। ठूलो भारतीय गोलभेँडा प्रतिकिलो १४० रुपैयाँ तोकिएको छ भने स्थानीय सानो गोलभेँडा १०० रुपैयाँमा कारोबार भएको छ। टनेल तथा तराईका किसिमको गोलभेँडा क्रमशः ११५, १२० रुपैयाँ तोकिएको छ। आलु रातो ५५ रुपैयाँ र सेतो आलु ४२ रुपैयाँमा किने–बेच भइरहेको छ। भारतीय आलु रातो भने ४५ रुपैयाँ पर्छ। प्याज सुकेको (भारतीय) आज ३२ रुपैयाँ प्रतिकिलोमा कायम छ।

गाजर स्थानीय १५० रुपैयाँ र तराई गाजर १३० रुपैयाँमा निर्धारण गरिएको छ। बन्दा (लोकल) ७० र तराई बन्दा ५५ रुपैयाँमा उपलब्ध छ। काउली स्थानीय ६५ देखि ८० रुपैयाँबीच तथा तराई काउली ५५ रुपैयाँमा कारोबार हुँदैछ। मुला, भन्टा, बोडी, मटर तथा अन्य हरियो तरकारी पनि आज स्थिर दरमै रहे।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २५० र फुजी स्याउ ३२० रुपैयाँमा तोकिएको छ। केरा एक दर्जन १६० रुपैयाँ, कागती १२० रुपैयाँ र नेपाली सुन्तला १२० रुपैयाँमा उपलब्ध छ। अनार ४००, जुनार २६० र किबी २५० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ।

च्याउ, कुरिलो, पार्सले, पुदिना जस्ता विशेष वस्तुहरूको मूल्यमा केही उच्च दर देखिन्छ। कन्य च्याउ प्रतिकिलो २३० र डल्ले च्याउ ३८० रुपैयाँमा कारोबार भइरहेको छ। कुरिलो आज १२०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

मसला तथा अन्य सामग्रीमा अदुवा ८० रुपैयाँ, हरियो धनियाँ २०० रुपैयाँ, चाइनिज सुकेको लसुन २०० रुपैयाँ र नेपाली सुकेको लसुन १८० रुपैयाँ रहेको समितिको मूल्य सूचीमा उल्लेख छ।

माछाको दर पनि आज सार्वजनिक गरिएको छ। रहु माछा ३४०, बचुवा २८० र छडी माछा २४० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

समितिले मूल्य सूची प्रत्येक बिहान अद्यावधिक गर्दै बजार मूल्यमा पारदर्शिता कायम गर्न दैनिक दर सार्वजनिक गर्दै आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय