२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको टुंगो निकाल्ने उद्देश्यले पदाधिकारी र पूर्वपदाधिकारीहरुको आज दिउँसोका लागि महत्वपूर्ण बैठक आह्वान गरेका छन्। बैठक दिउँसो १ बजे देउवाको महाराजगञ्जस्थित निवासमा बस्नेछ।

पार्टीभित्र महाधिवेशनका विषयमा देखिएको दुई धारलाई एकीकृत गर्न र नियमित महाधिवेशन प्रक्रियालाई अगाडि बढाउन सभापति देउवा सक्रिय भएका स्रोतले जनाएको छ। सिंगापुर उपचारमा जानुअघि देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका थिए। तर पार्टीभित्र बढ्दो विवाद समाधान गर्ने खड्काको प्रयास सफल नदेखिएपछि देउवा स्वयं सक्रिय हुनुपर्ने परिस्थिति आएको हो।

विशेषगरी संस्थापनइतर समूहले संस्थापन पक्षलाई कमजोर बनाउने रणनीति अघि बढाएपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरू सक्रिय रूपमा अघि बढेपछि पार्टीमा देखिएको असन्तुलन मिलाउने पहल सभापति देउवाले हातमा लिएको बताइन्छ।

आजको बैठकमा नियमित महाधिवेशन वा विशेष महाधिवेशनबारे ठोस एजेन्डा उठाइनेछ। बैठकमा वरिष्ठ नेता डा. शेखर कोइराला तथा पूर्व गृहमन्त्री रमेश लेखक समेत सहभागी हुनेछन्। शनिबारको छलफलमा पनि देउवाले निर्वाचनअघि नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा स्पष्ट धारणा राखिसकेका थिए।

पार्टीभित्र फैलिएको विवाद अन्त्य गर्न अब देउवाकै नेतृत्वले निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। सभापति सक्रिय बनेसँगै कांग्रेसको महाधिवेशन विषय केही दिनमै मार्गनिर्देशन हुने आशा कार्यकर्ताहरुले व्यक्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय