२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान उद्घाटनका क्रममा आफूले व्यक्त गरेको भनाइ कुनै धर्म वा समुदायलाई लक्षित होइन भनेर स्पष्टिकरण दिएकी छन्। सामाजिक सञ्जालमार्फत आइतबार बिहान प्रतिक्रिया जनाउँदै उनले आफ्नो मन्तव्यको गलत व्याख्या हुन नहुने उल्लेख गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “१६ दिने अभियानको उद्घाटन समारोहमा मैले बोलेका आधारमा विभिन्न टिप्पणी देखिएका छन्। कुनै पनि धर्म वा समुदायलाई होच्याउने मनसाय थिएन र छैन। सबै धर्मप्रति मेरो एकै किसिमको सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम रहोस् भन्ने मात्र मेरो उद्देश्य हो।”

गत मंगलबार आयोजित महिला हिंसा अन्त्य अन्तर्राष्ट्रिय दिवसका कार्यक्रममा मुस्लिम समुदायसम्बन्धी एक प्रसंग जोडेर दिएको अभिव्यक्ति विवादित बनेपछि उनको भनाइले सामाजिक बहस चर्किएको थियो। कार्यक्रममा उनले मुस्लिम समुदायमा महिलासम्बन्धी केही नीति र व्यवहारको उदाहरण दिँदै बोल्दा विभिन्न प्रतिक्रियाहरू आएको थियो।

विवाद बढेपछि प्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आफ्नो अभिप्राय महिला हिंसाको जटिल स्वरूपबारे ध्यानाकर्षण मात्रै रहेको र कसैको धर्म वा समुदायलाई चोट पुर्‍याउने उद्देश्य नरहेको दोहोर्याएकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय