२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान उद्घाटनका क्रममा आफूले व्यक्त गरेको भनाइ कुनै धर्म वा समुदायलाई लक्षित होइन भनेर स्पष्टिकरण दिएकी छन्। सामाजिक सञ्जालमार्फत आइतबार बिहान प्रतिक्रिया जनाउँदै उनले आफ्नो मन्तव्यको गलत व्याख्या हुन नहुने उल्लेख गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “१६ दिने अभियानको उद्घाटन समारोहमा मैले बोलेका आधारमा विभिन्न टिप्पणी देखिएका छन्। कुनै पनि धर्म वा समुदायलाई होच्याउने मनसाय थिएन र छैन। सबै धर्मप्रति मेरो एकै किसिमको सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम रहोस् भन्ने मात्र मेरो उद्देश्य हो।”

गत मंगलबार आयोजित महिला हिंसा अन्त्य अन्तर्राष्ट्रिय दिवसका कार्यक्रममा मुस्लिम समुदायसम्बन्धी एक प्रसंग जोडेर दिएको अभिव्यक्ति विवादित बनेपछि उनको भनाइले सामाजिक बहस चर्किएको थियो। कार्यक्रममा उनले मुस्लिम समुदायमा महिलासम्बन्धी केही नीति र व्यवहारको उदाहरण दिँदै बोल्दा विभिन्न प्रतिक्रियाहरू आएको थियो।

विवाद बढेपछि प्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आफ्नो अभिप्राय महिला हिंसाको जटिल स्वरूपबारे ध्यानाकर्षण मात्रै रहेको र कसैको धर्म वा समुदायलाई चोट पुर्‍याउने उद्देश्य नरहेको दोहोर्याएकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय