२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

देशभर सुक्खा मौसम सुरुसँगै आगलागीका घटना लगातार बढिरहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तथ्यांकअनुसार, मंसिर ११ देखि १२ गते बिहानसम्म मात्र १७ विपद्का घटना दर्ता भए, जसबाट झण्डै ४९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

उक्त समयावधिमा भएका घटनामध्ये १४ वटा आगलागीका थिए, जसले झापामा मात्र चार स्थानमा क्षति पुर्‍यायो। कैलालीमा दुई, रौतहट, बारा, काठमाडौं, सङ्खुवासभा, मोरङ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा पनि आगलागीका घटना भएका थिए। चिसो बढ्दै जाँदै पनि आगलागीको जोखिम घट्ने होइन, उल्टै बढ्दै गएको प्राधिकरणले जनाएको छ।

यसअघि मंसिर १० देखि ११ गते बिहानसम्म पनि १७ विपद्का घटना दर्ता भएका थिए, जस मध्ये १३ वटा आगलागी मात्र थिए। त्यही दिन सप्तरी र बर्दियामा सर्पदंशका साथै मोरङमा जनावर आक्रमणका दुई घटना भए। विपद्हरूबाट सोही दिन करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको थियो।

मंसिर ९ देखि १० गतेसम्म पनि विपद्हरू थामिएनन्। उक्त २४ घण्टामा १३ घटना दर्ता हुँदा १० वटा आगलागी नै थिए। त्यस बाहेक सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश तथा पाँचथर–ताप्लेजुङ क्षेत्रमा जनावर आक्रमणका घटनाहरू भएका थिए। प्राधिकरणका अनुसार त्यस दिन १८ लाख रुपैयाँभन्दा बढीको क्षति भयो।

यस्तै, मंसिर ७ देखि ८ गतेसम्म १८ विपद्का घटना दर्ता भएका थिए, जसमा सर्लाहीमा तीन, गुल्मीमा दुई तथा विभिन्न १० जिल्लामा आगलागीका घटना रहेका थिए। यी सबै घटनाबाट करिब ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

लगातार भइरहेको आगलागीको जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। छिट्टै आगो लाग्ने सामग्री सुरक्षित राख्न, ज्वलनशील पदार्थहरू पहुँच बाहिर राख्न तथा अनावश्यक आगो बाल्ने गतिविधिबाट टाढा रहन सुझाव दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय