२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता जनकपुर बोल्ट्सको प्रदर्शन यसपटक निराशाजनक बन्दै गएको छ। लगातार हारपछि शून्य अंकसहित तालिकाको पुछारमा परेको जनकपुरको अवस्थाले क्रिकेटप्रेमीहरूबीच धेरै प्रश्न जन्माएको छ– के भयो जनकपुर बोल्ट्सलाई? च्याम्पियन टिम यस्तो पनि हुन्छ?

पहिलो संस्करणमा जनकपुरको प्रदर्शन प्रभावशाली थियो। आठ टिम सहभागी प्रतिस्पर्धामा जनकपुरले उत्कृष्ट खेल्दै फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो। त्यसैले दोस्रो संस्करणमा पनि जनकपुर बलियो दाबेदार मानिएको थियो। तर यसपटक टीमको खेल पूर्ण रूपमा भत्किएको अनुभूति भइरहेको छ।

चार खेल खेलेको जनकपुरले एक पनि जित निकाल्न सकेको छैन। काठमाडौँ गुर्खाज, बिराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजय ब्यहोर्दै जनकपुरले प्लेअफको आशा पनि गुमाइसकेको छ।

यता सुदूरपश्चिम रोयल्सले भने पाँचै खेल जितेर प्लेअफ पुग्ने पहिलो टोलीको रूपमा उत्कृष्ट यात्रा जारी राखेको छ। जनकपुरको विपरीत अनुशासन, रणनीति र समन्वय सुदूरपश्चिममा स्पष्ट देखिन्छ।

जनकपुर बोल्ट्सको कमजोर अवस्थाको कारणबारे समर्थकहरूको धारणा भने चर्को छ। खेलाडीबीचको मनमुटाव, कप्तानी विवाद र आन्तरिक असन्तोष नै टिमको पतनको मूल कारण भएको दाबी उनीहरूको छ। कप्तान मुद्दालाई लिएर अनिलकुमार शाह र आसिफ शेखबीच सम्बन्ध बिग्रिएको चर्चा चलेको छ। तर दुवै खेलाडी यस संस्करणमा प्रभाव जमाउन असफल भए।

नेपाली खेलाडीहरूले अपेक्षित प्रदर्शन गर्न नसक्दा टीम विदेशी खेलाडीको भरमा निर्भर बनेको र त्यसले रणनीतिमा कमजोरी थपेको बताइन्छ। च्याम्पियन टिमबाट यस्तो कमजोर प्रदर्शन देखिनुले जनकपुरको तयारी, व्यवस्थापन र समन्वयबारे गम्भीर प्रश्न उठाइदिएको छ।

जनकपुर बोल्ट्सका प्रशंसकहरूका अनुसार “उपाधि जितेको टिम यति छिट्टै भत्किनुको कारण नेतृत्व संकट र आन्तरिक झैँझगडा नै हो।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय