२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले महत्त्वपूर्ण जित हासिल गरेपछि न्युजिल्याण्डका चर्चित अलराउन्डर जिमी निसम निकै उत्साहित देखिएका छन्।

खेलपछिको कुराकानीमा निसमले भने, “सुरुका दुई खेलमा मेरो प्रदर्शन औसत थियो, तर स्पिन फ्रेन्डली कन्डिसनमा चुनौतीपूर्ण हुन्छ। पहिले ब्याटिङ गरेर पार स्कोर खडा गर्न पाउँदा र बलरहरूले सुरुवाती १० ओभरमा उत्कृष्ट प्रदर्शन गर्दा धेरै खुसी लागेको छ।”

उनले सहकर्मी सुमित वर्माको ब्याटिङको खुलेर प्रशंसा गर्दै भने, “सुमितजस्ता खेलाडीहरूमा आक्रामक खेल्ने आत्मविश्वास छ। कठिन परिस्थितिमा पनि कोचिङ स्टाफ र छनोटकर्ताहरूले खेलाडीहरूमाथि विश्वास कायम राखेकोमा धन्यवाद दिन चाहन्छु।”

फिल्डिङमा पनि सुधार देखिएको र बाउन्ड्री लाइनमा लिएको उत्कृष्ट क्याचको स्मरण गर्दै निसमले भने, “म आफैँ आफ्नो तारिफ गर्न चाहन्न, तर त्यो क्याचबाट म सन्तुष्ट छु। यो मेरो स्मरणीय क्षणमध्ये एक हो।”

नेपाल र नेपाली क्रिकेट समर्थकप्रति आफ्नो प्रेम व्यक्त गर्दै उनले नेपालमा क्रिकेट क्रेजलाई २०–३० वर्षअघिको भारत र श्रीलंकाको क्रिकेट माहोलसँग तुलना गरे। निसमले भने, “नेपाल निकै भावुक र क्रिकेटप्रेमी देश हो। यहाँको माहोलले मलाई भारत र श्रीलंकाको इतिहास सम्झाउँछ, जब ती देशहरू अझ स्थापित क्रिकेट राष्ट्र बन्नुअघि यस्तै माहोलमा थिए।”

गत वर्ष जनकपुरमा उपाधि जितेको अनुभव सम्झँदै उनले भने, “फ्यानहरूबाट पाएको माया अविश्वसनीय थियो। पछिल्लो १०–११ महिनामा सामाजिक सञ्जालमार्फत लगातार सन्देश आउँदै रहे, त्यो माया फिर्ता गर्न पाउँदा म निकै खुसी छु।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय