२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनगढीमा आजबाट सुरु भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा उद्घाटन गरिएको गोष्ठीमा प्रदेशको समग्र सुरक्षा चुनौती र आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीबारे गम्भीर छलफल भइरहेको छ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, गृहसचिव रामेश्वर दंगाल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरु सहभागी छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रदेशका विभिन्न जिल्लामा देखिएका सुरक्षा जोखिम, अपराध नियन्त्रण, सीमा सुरक्षा व्यवस्थापन र संस्थागत समन्वयका मुद्दामा विस्तृत प्रस्तुति तथा सुझाव आदान–प्रदान भइरहेको अधिकारीहरूले बताएका छन्।

गृहमन्त्री अर्यालले प्रदेशका सुरक्षा निकायसँग प्रत्यक्ष संवाद गर्दै आगामी चुनावलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक तयारी तथा प्राथमिकताबारे मार्गनिर्देशन दिने बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय