२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारले नेपाललाई दुई अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान सहायता प्रदान गरेको छ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपाल सरकार र जापानबीच अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालस्थित राजदूत तोरु मायदाले हस्ताक्षर गरे।

कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा सो सम्झौता सम्पन्न भएको थियो। अनुदान सम्झौतामा वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) का प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीबीच पनि हस्ताक्षर भएको छ।

महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म फैलिएको १५९ किलोमिटर लामो बीपी राजमार्ग जापानकै सहयोगमा निर्माण गरिएको थियो। गत वर्षको बाढीपहिरोले राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुर्‍याएपछि पुनर्निर्माण आवश्यक भएको थियो।

अर्थमन्त्री खनालले जापानलाई नेपालको दीर्घकालीन विकास साझेदारको रूपमा उल्लेख गर्दै सहयोगका लागि धन्यवाद ज्ञापन गरे। उनले भने, “यो अनुदान सहयोग केवल आर्थिक सहयोग होइन, यो नेपाल–जापानबीचको मित्रताको स्थायी प्रतीक हो।”

यस परियोजनाबाट राजमार्गका क्षतिग्रस्त भाग पुनःनिर्माण हुने, यातायात सुचारु हुने र काठमाडौंदेखि पूर्वी तराईसम्मको आवागमन झन् सहज हुने सरकारको अपेक्षा छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय