२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक गर्ने तयारीसँगै आगामी पुस २७ गते साधारण सभा बोलाएको छ। कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्तावहरू प्रस्तुत हुनेछन्। कम्पनीका अनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने, आईपीओबाट उठ्ने पूँजीको उपयोग योजना तय गर्ने तथा नियामक निकायको आवश्यक निर्देशन आएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव सभा अघि राखिनेछ।

यस्तै, मातृ कम्पनी सिद्धार्थ केवलकार लिमिटेडसहित हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी र नुवाकोटगढी पर्यटन कम्पनीका वित्तीय विवरणहरू समेटिएको एकीकृत वित्तीय प्रतिवेदन पनि सभामा पेश गरिनेछ।

कम्पनीले आईपीओ जारी गर्ने तयारीलाई व्यवसाय विस्तार, पर्यटन पूर्वाधार सुदृढीकरण र भविष्यका परियोजनामा पूँजी प्रवाह गर्ने लक्ष्यका रूपमा व्याख्या गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय