२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

नाबालिकाको डिम्ब गैरकानुनी रूपमा निकालिएको गम्भीर आरोपको मुद्दा थाँमा राखिएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलगायत सम्बन्धित निकायसँग लिखित जवाफ पेश गर्न आदेश दिएको छ। मुद्दालाई छिटो निष्कर्षमा लैजानका लागि सर्वोच्चले यस रिटलाई अग्राधिकारसमेत प्रदान गरेको छ।

अधिवक्ता अंकिता त्रिपाठीले दर्ता गराएको रिटमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिल कार्यालय ललितपुर, महान्यायाधिवक्ताको कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो लाई विपक्षी बनाइएको छ।

रिट अनुसार नाबालिकाहरूको उमेर ढाँटिएको, अभिभावकको स्वीकृतिबिना बेहोस पारिएको, ९ घण्टाभन्दा बढी खानापानी नदिइ उपचारको नाममा चिकित्सकीय उपकरण जबरजस्ती योनीमार्ग हुँदै प्रवेश गराई डिम्ब निकालिएको जस्ता गम्भीर आरोप छन्।
यसले जबरजस्ती करणी को कानुनी दायरामा पर्नेसमेत रिटमा दाबी गरिएको छ।

रिटमा उल्लेख गरिएअनुसार, मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) मा “लिङ्गबाहेक अन्य वस्तु जबरजस्ती योनीमा प्रवेश गराए पनि जबरजस्ती करणी मानिने” प्रावधान रहेको छ।
त्यसैले अनुसन्धान भएर पनि मुद्दा नचलाउने निर्णय कानुनविपरीत भएको र पुनःविचार हुनुपर्छ भन्ने मागसहित रिट दायर गरिएको हो।

सर्वोच्चले अब विपक्षी निकायहरूको लिखित जवाफ आएपछि मुद्दाको अर्को चरणमा सुनुवाइ गर्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय