२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले समावेशी विकास र प्रभावकारी शासन रूपान्तरणलाई सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएकी छन्।

आज जारी शुभकामना सन्देशमा उनले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनासमेतका क्षेत्रहरूमा सहज पहुँच सुनिश्चित गर्न सरकार निरन्तर रूपमा सक्रिय रहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्रीका अनुसार अपाङ्गताको अवस्था र गम्भीरताको आधारमा सेवा–सुविधामा प्राथमिकता दिने तथा अपाङ्गता भएका सबै नागरिकलाई सम्मानजनक, सुरक्षित र समतामूलक वातावरण प्रदान गर्नु राज्यको स्पष्ट नीति हो।

उनले भौतिक पहुँच, सञ्चार अवरोध, नकारात्मक दृष्टिकोण र कानुनी अवरोध हटाई ‘सजिलो, पहुँचयुक्त र सम्मानजनक’ अवस्था सिर्जना गर्नु आजको आवश्यकता भएको बताइन्।

प्रधानमन्त्री कार्कीले अपाङ्गता रोकथाम, पुनःस्थापना, रोजगारी र स्वरोजगारका कार्यक्रमलाई तीनै तहका सरकारहरूले संयुक्त रूपमा अघि बढाए मात्र व्यवहारिक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरिन्।

नेपालको संविधान तथा नेपाल पक्ष राष्ट्र रहेका अन्तरराष्ट्रिय सन्धीहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारहरूलाई मजबुत संरक्षण गरेको उल्लेख गर्दै उनले यस दिवसले सरकारी–गैरसरकारी सबै निकायलाई थप सक्रिय हुन प्रेरणा दिने अपेक्षा व्यक्त गरिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय