२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले प्रभावशाली खेल प्रदर्शन गर्दै इनफर्म विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। यस जितसँगै लुम्बिनीले प्लेअफको सम्भावना जीवन्त राखेको छ।

१७.४ ओभरमै १४५ रनको लक्ष्य भेट्टाउँदै लुम्बिनीले अंक तालिकामा ६ अंकसहित चौथो स्थान समातेको छ। अब अन्तिम खेलमा जनकपुरलाई पराजित गर्न सके लुम्बिनीको प्लेअफ यात्रामा नयाँ उर्जा थपिनेछ।

विराटनगर भने ८ अंकका साथ तेस्रो स्थानमा छ। उसले अन्तिम खेल सुदूरपश्चिम रोयल्स विरुद्ध खेल्नेछ। विजयी भए शीर्ष–२ सुरक्षित गर्न सक्छ भने हार भए पनि प्लेअफको ढोका भने बन्द हुने छैन।

लुम्बिनीको विजयमा डार्ची सर्ट चम्किएका छन्। ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ रनको प्रभावशाली इनिङ खेलेका सर्टले जितको आधार तयार पारे। निरोशन डिक्वेलाले २९ रन, दिलिप नाथले १६ रन र सन्दीप जोराले २९ रन बनाए।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले २–२ विकेट लिए। लगातार प्रदर्शन गर्दै १२ विकेटका साथ सन्दीप प्रतियोगिताको सर्वोच्च विकेट–टेकर बनेका छन्।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। लोकेश बमले ३५ रन, बसिर अहमदले २८ रन र साम हेजलेटले २७ रन बनाए। स्टार खेलाडी फाफ डु प्लेसिस आफ्नो डेब्यू खेलमा १२ रनमै आउट भए।

लुम्बिनीका बलर शेर मल्ल उत्कृष्ट रहे—४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। जेजे स्मिथ, अविषेक गौतम र रुवेन त्रुमपेलमनले एक–एक विकेट थपे।

प्रतियोगिता अब महत्वपूर्ण मोडमा पुगेको छ, जहाँ एक  एक खेलले प्लेअफ चित्रलाई नयाँ मोड दिन सक्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय